काठमाडौं । केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लि.ले बेनेली मोटरसाइकल तथा स्कुटरका लागि दसैं अफर ल्याएको छ । इटालीमा निर्मित बेनेली कम्पनीले बिगत ७ वर्षदेखि नेपाली बजारमा बिक्री गर्दै आएको छ ।
यस वर्षको दशैं, तिहार र छठको अवसर पारेर कम्पनीले ‘दशैं फिएस्टा अफर’ ल्याएको हो । अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागू हुनेछ ।
अफर यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटक सम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ । पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ । मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान गर्न सक्छन् । बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँ सम्म जित्ने अवसर प्राप्त हुनेछ ।

त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसके पछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ । ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँ सम्म जित्न सकिने छ । त्यसैगरी मोटरसाइकल किनिसके पछि ग्राहकलाई ५ हजार रुपैयाँसम्मको अमेजिङ हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने कम्पनीले जनाएको छ ।




Comments are closed.