बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंजमा संचालन

काठमाडौं । काठमाडौंको कमलादीमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो १७ औं शाखा संचालनमा ल्याएको छ ।

मधेश प्रदेशको पहिलो शाखाको रुपमा वीरगंजको घण्टाघर लिङ्करोडमा फाइनान्सले १७ औं शाखा संचालनमा ल्याइ वित्तीय कारोवारको शुभारम्भ गरेको हो ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।शाखा उद्घाटन कार्यक्रममा वीरगंजका प्रतिष्ठित ब्यापारी, ब्यवसायी, उद्योगी लगायत सामाजका अगुवा तथा समाजसेवीहरुको उपस्थितिमा रहेको थियो ।

यहि आसोज भित्र १८ औं शाखाको रुपमा सुनसरी जिल्लाको ईटहरीमा शाखा खोलिनुका साथै निकट भविष्यमा सुर्खेत र धनगढीमा समेत शाखा संजाल बिस्तार गरी देशको सातै प्रदेशमा आफ्नो शाखा संजाल पुर्याउने फाइनान्सले जनाएको छ । साथै, आउदा दिनहरुमा देशका बिभिन्न स्थानहरुमा आवश्यकता र माग बमोजिम शाखा खोल्दै लगिने संस्थाको लक्ष्य रहेको बताइएको छ ।

footwear zone

You might also like

Comments are closed.