बेष्ट फाइनान्सको अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको छ ।

नेपाल राष्ट्र बैकबाट ग वर्गको इजाजत प्राप्त यस वित्तीय संस्थाले बिहिबारदेखि स्तरोन्नति सहितको यो अनलाईन एकाउन्ट ओपनिङ सेवा सञ्चालनमा ल्याएको हो ।

देश र विदेशमा रहेका नेपालीहरुलाई खाता खोली बैकिङ कारोवार गर्न अनलाईन एकाउन्ट ओपनिङ सेवा प्रदान गर्दै आएकोमा, थप बित्तिय सेवाहरु सहित सो सेवालाई स्तरोन्नति गरी अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको बेष्ट फाइनान्स कम्पनीले जनाएको छ ।

footwear zone

यो सेवाको शुभारम्भ भएपछि ग्राहकहरुले सहज तथा सरल तरिकाले अनलाईन खाता (बचत तथा मुद्धती) खोल्न सक्नेछन । साथै भिडियो केवाईसी मार्पmत ग्राहक पहिचान गरी सम्पूर्ण कारोवार गर्न सकिने बताइएको छ ।

केवाईसी अध्यावद्यिक नभएका विद्यमान ग्राहकहरुले अनलाइर्न मार्फत केवाईसी अध्यावद्यिक गर्न सक्ने सुविधा समेत रहेको बेष्ट फाइनान्सले बताएको छ ।

 

 

You might also like

Comments are closed.