बेष्ट फाइनान्सको २४औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २४ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा भर्चुअल माध्यमबाट वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाले आ.व २०७६/७७ को वित्तीय विवरण पारित गर्नुका साथै संस्थालाई अन्य उपयुक्त वित्तीय संस्थासँग गाभ्ने÷गाभिने तथा एक्विजिनस गर्ने कार्य अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

फाइनान्सको यस साधारण सभाबाट संस्थापक शेयरधनी तर्फको संचालकमा लक्ष्मी श्रेष्ठ, राम चन्द्र देवकोटा, रामकृष्ण चौलागाई र सुधिर ज्ञवाली तथा सर्वसाधारण शेयरधनी तर्फको संचालकमा राम श्रेष्ठ र खिमलाल पोड्याल नियुक्त भएका छन् ।

footwear zone

कमलादी काठमाडौंमा केन्द्रीय कार्यालय रहेको फाइनान्स कम्पनीको  चुक्ता पुँजी ८२ करोड ८९ लाख रुपैयाँ छ । फाइनान्स कम्पनीले १४ वटा शाखाबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.