भानु जयन्तीको अवसरमा विहिप नेपालद्वारा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाम । २०९औं भानु जयन्तीको अवसरमा विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा प्रभातफेरी आयोजना गरिएको छ । प्रभातफेरी जानकी मन्दिरबाट शुरु भई जनकचौक, शिवचौक हुँदै भानुचौकमा गई भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरिएको थियो।

कार्यक्रममा बोल्दै विश्व हिन्दू परिषद् नेपालका महासचिव जितेन्द्रकुमार सिंहले मधेश आन्दोलनको आडमा विधर्मी तत्वद्वारा भानुचौकमा स्थापित रहेको भानुभक्त आचार्यको शालिक षडयन्त्रपूर्वक भत्काईएको प्रति रोष प्रकट गरेका थिए । अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली साहित्यलाई ठूलो गुण लगाएको मानिन्छ।

उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा लय हालेर पाठ गरिन्छ। रामायण ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरी मिथिला संस्कृतिको समेत गौरव बढाउने पूण्यकार्य गरेका भानुभक्त आचार्यको शालिक भत्काइनु अक्षम्य पाप भएको भन्दै महासचिव सिंहले आक्रोश पोखेका थिए । विश्व हिन्दू परिषद् नेपालले आज देशभरि नै विभिन्न कार्यक्रम आयोजना गरी भानु जयन्ती मनाएको छ ।

You might also like

Comments are closed.