लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी भरत अधिकारीले उम्मेदवारी दिने भएका छन् । संघको अधिवेशन आगामी भदौ २२ र २३ गते हुँदैछ । लेखनाथका उद्योगी व्यवसायीको भावना अनुसार आफूले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको अधिकारीले आर्थिक आवाजलाई जानकारी दिए । उनले आफ्नो टिमसमेत छिट्टै घोषणा गर्ने तयारी गरेका छन् ।
संघमा उनले २ कार्यकाल कार्यसमिति सदस्य, २ कार्यकाल उपमहासचिव र एक कार्यकाल महासचिव भएर काम गरिसकेका छन् । एक पटक सल्लाहकारसमेत भइसकेका अधिकारी गत निर्वातनमा वरिष्ठ उपाध्यक्षमा २७ मतले पराजीत भएका थिए ।
साना तथा मझौला व्यवसायीहरुको हकहितलाई सम्बोधन गर्नु नै आफ्नो मुख्य उद्देश्य रहेको अधिकारीले बताए । ‘पछिल्लो समय देशमा आर्थिक मन्दी देखिएको छ । यो विषम परिस्थितिमा व्यवसायीहरुको हकहितमा काम गर्ने गरी योजनाहरु बनाएको छु,’ उनले भने, ‘संघलाई नयाँ उचाईमा पुर्याउन मेरो सक्रियता निरन्तर रहन्छ ।’

बिगतमा संघमा पुर्याएको योगदान र अध्यक्ष भएर काम गर्नसक्ने क्षमतासमेतलाई मध्यनजर गरी संघका सदस्यहरुले आफूलाई अध्यक्षमा निर्वाचित गराउनेमा विश्वस्त रहेको अधिकारीले बताए ।




Comments are closed.