पोखरा । पोखराका व्यवसायी भरत केसीले पोखरा उद्योग वाणिज्य संघको सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
यही भदौ २४ र २५ गते हुने संघको ३४औं महाधिवेशनमा आफूले सदस्य पदमा उम्मेदवारी दिने केसीले सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराएका छन् ।
केसी हाल कार्यसमिति सदस्य पदमा काम गरिरहेका छन् । संघको २ वर्षको कार्यकालमा रहदा संगालेका अनुभवलाई सदुपयोग गर्दै संघलाई थप उचाइँमा पु¥याउन आफू प्रतिवद्ध रहने उनले बताए । उनले आफूलाई मतदान गरि विजयी गराउन सबै मतदातामा अपिल गरेका छन् ।






Comments are closed.