भूकम्प पीडितको उद्धार, उपचार तथा व्यवस्थापनका लागि भाटभटेनीको साथ

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेका नागरिकको उद्धार, उपचार तथा व्यवस्थापनका लागि भाटभटेनी सुपरमार्केटले आर्थिक सहयोग गर्ने भएको छ ।

भाटभटेनीका प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

‘भूकम्पमा परेर जति पनि नेपाली दाजुभाइ दिदीबहिनीको मृत्यु भएको छ, त्यसप्रति हामी निकै दुःखी छौं,’ गुरुङले भने, ‘दुःखको यस घडीमा हामी पीडित नागरिकसँगै छौँ भन्ने सन्देश दिन चाहन्छौँ । त्यसैले हामीले यो सहयोग गरेका हौँ ।’

footwear zone

भाटभटेनी यहाँसम्म आउनुको कारण नै आमजनता रहेको बताउँदै उनले आमजनतालाई समस्या परेका बेला सहयोग गर्नु व्यवसायीको कर्तव्य रहेको बताए ।

You might also like

Comments are closed.