काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकमा उत्पादन नबढाएसम्म दिगो विकास पनि नहुने बताएका छन् ।
एसोसिएसन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान)ले शुक्रबार काठमाडौंमा गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै भट्टराइले विकास र मुलुकमा उत्पादन नबढाएसम्म दिगो विकास पनि नहुने भएकाले त्यसबारे सबैको चासो हुनुपर्ने बताएका छन् । साथै उनले जबसम्म समयको व्यवस्थापन हुँदैन तबसम्म देशको समृद्धि नहुने बताएका छन् ।
उनले भने ‘विकास भनेको समय हो । समयको व्यवस्थापन नभएसम्म देशको समृद्धि हुँदैन । विकास र मुलुकमा उत्पादन नबढाएसम्म दिगो विकास पनि हुँदैन ।’

कायक्रममा माहालेखा परीक्षक टंकमणि शर्मा दंगालले हामीसँग सूचना पर्याप्त नभएको कारणले गर्दा पनि अर्थतन्त्रमा असर परेको बताएका छन् ।
उनले भने ‘हामीसँग जम्मा ३५ प्रतिशत तथ्यांकमात्र प्रप्त गर्ने गरेका छौं अरु पाउन मुस्किल रेहेको अवस्थामा काम गर्न निकै कठिन हुन्छ ‘ ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका कार्यवाहक गर्भनर डा.नीलम ढुङ्गान, नेपाल चार्टर्ड एकाउण्टेन्ट्स एसोसिएसन संस्था अध्यक्ष एव सीए. भास्कर सिंह लामा, अडिटर एसोसिएसन अफ नेपालका अध्यक्ष एवं सीए केदारनाथ पौडेल लगाएतले देशको अर्थतन्त्रलाई दिगो विकास गर्नको लागि उत्पादनको क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिएका थिए ।

एसोसिएसन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान)का अध्यक्ष दीपक पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विकासको रोडम्याप, दिगो अर्थतन्त्रको विषयमा सम्बन्धीत विज्ञहरुसँग छलफल गरिएको थियो ।साथै उक्त कार्यक्रममा एक्यान एक्सीलेन्ट अवार्डमा चौधरी ग्रुपका विनोध चौधरी, एक्यान र्हामुनियल अवार्डमा आनीछोइङ डोल्मा र लाइफ टाइम्स एचिभमेन्ट अवार्डमा ग्लोवल आइएमई बैंकका सीइओ रत्नराज बज्राचार्यलाई सम्मानित गरेको थियो ।




Comments are closed.