काठमाडौं । चाडपर्वलाई लक्षित गरि भेटायो ‘उत्सबको तयारी भेटायोको जिम्मेवारी’ योजना सार्वजनिक गरेको छ । ७ सेप्टेम्बरदेखि शुरु भएको योजना नोभेम्बर १० सम्म चल्नेछ । यस अभियानको मुख्य नारा हाम्रा प्रयोगकर्ताहरूलाई चाडपर्वमा रमाइलो मात्र नभई बजेटमैत्री पनि बनाउनु हो ।
योजना अन्र्तगत एसी खरिद गर्दा रु.३०,०००/- सम्मको बचत गर्न सकिने जनाइएको छ । माइडिया, मित्सुविसी, सामसुङ्ग, डाइकिन जस्ता विभिन्न एसी ब्रान्डहरूमा रु. ३०,०००/-सम्मको विशेष छुट पाउने छन् ।
प्लम्बिङदेखि पेन्टिङसम्मका सबै मर्मतसम्भार कार्यहरू विशेष सम्झौताहरूसँग पाउनेछन् । ग्राहकले १ हजार १ सय रुपैयाँमा सिसिटिभि क्यामेरा जडान गर्न सक्नेछन् । । साथै १ सय रुपैयाँ प्रति के जि मूल्यमा लुगा धुन सकिने छ ।

भेटायो र खल्तीले ग्राहकहरूको पैसा बचत गराउन सहकार्य गरिरहेका छन्, जहाँ ग्राहकहरूले सबै खरिदहरूमा ५% सम्म क्यासब्याकको फाइदा लिन सक्नेछन् । भेटायो मार्फत कुनै पनि सेवा अर्डर गर्नु होस् र कम्पनीबाट प्रत्येक अर्डरमा रु.५००/- सम्मको डिजिटल दक्षिणा फिर्ता प्राप्त गर्नेछन् । थप सेवा अर्डर गर्दा १ तोला सुन जित्ने मौका पनि ग्राहकले प्राप्त गर्नेछन् ।
भेटायोले आफ्ना महत्वपूर्ण ग्राहकहरूका लागि रोमाञ्चक अवसर ल्याएको छ – भेटायोको सामाजिक सञ्जाल प्रतियोगितामा भाग लिएर ग्राहकले ५ हजार बराबरको पुरस्कार पनि जित्नसक्ने बताइएको छ ।




Comments are closed.