परराष्ट्रमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेट, द्विपक्षीय सम्बन्धका विषयमा छलफल

 

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग संयुक्त राज्य अमेरिकाका उपविदेशमन्त्री जिया नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको छ ।

परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा उनिहरुबीच द्विपक्षीय÷बहुपक्षीय मञ्चहरूमा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेकी जिया तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार नेपाल आएकी हुन् ।

footwear zone

यो वर्ष नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष चलिरहेको छ । यस अवसरमा नेपाल भ्रमणका लागि अमेरिकाबाट उच्च अधिकारीहरु आइरहेका छन् ।

You might also like

Comments are closed.