सांंसद विद्या भट्टराई विकास आयोजना निरीक्षणमा

पोखरा ।  प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले बिहीवार कास्की निर्बाचन क्षेत्र न २ मा सन्चालित विभिन्न बिकास आयोजनाहरुको निरीक्षण गरेकी छन्। भट्टराईले आफ्नो निर्बाचान क्षेत्रमा संघीय ,प्रदेश तथा स्थानिय सरकारबाट सन्चालित आयोजनाको अनुगमन गरेकी हुन् ।

अनुगमनका क्रममा भट्टराईले संचालित योजनाका कार्यप्रगति र अप्ठ्यारा अबस्थाहरुको जानकारी लिएकी थिइन्। उनले कोरोनाको महामारिले देश आक्रान्त भैरहेको अबस्थामा सुरक्षित रहदै बिकास निर्माण अघि बढाउन निर्माण कम्पनी ,मजदुर, स्थानिय उपभोक्ता समितीहरुलाई आग्रह गरिन्।

प्रतिकुल परिस्थिति भएकोले आफ्नो स्वास्थको पुर्ण ख्याल गर्दै स्वास्थ मापदण्ड पालना गरेर निर्माणको गुणस्तरमा कुनै कमि नगर्न आग्रह गर्दै भट्टराईले बिकास पुर्बाधारले मात्रै समृद्धिको यात्रा शुरु हुने बताइन्।

footwear zone

बिहीबार भट्टराईले पोखरा महानगरपालिका वडा नं १६ र २० मा संघिय सरकार द्वारा संचालित आयोजनाहरू मातृशिशु अस्पताल हुदै भलाम जोड्ने सडक, वृहत भलाम खानेपानी आयोजना, हरिहर गुफा वृहत्तर विकास योजना र देवीडाँडा मालिक मार्ग देउराली सडक को अवलोकन गरेकी थिइन्। सांसद विद्या भट्टराईको साथमा , स्थानीय वडा अध्यक्ष जनप्रतिनीधिहरु र स्थानीय सरोकार वाला उपभोक्ताहरुको उपस्थिति रहेको थियो।

You might also like

Comments are closed.