काठमाडौं । माथिल्लो तमोर जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत खरिदबिक्री सम्झौता (पीपीए) दर निर्धारण सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । विद्युत नियमन आयोगले बिहीबार आयोगकै सभाहलमा कार्यक्रम गरेको हो ।
२५५.२८१ मेगावाटको उक्त आयोजनालाई तमोर सानीमा इनर्जी प्रा.लि.द्वारा प्रवद्र्धन गरेको छ । आयोजनाको विद्युत खरिद सम्झौतामा सहमतिको लागि पेश भएको निवेदन माथि छलफल गर्न सार्वजनिक सुनुवाई गरिएको हो ।
आयोगकाा अध्यक्ष दिल्लीबहादुर सिंहसहित सदस्यहरु रामेश्वरप्रसाद कलवार, भागिरथी भट्टराई (ज्ञवाली), गौतम डंगोल, सचिव गोकर्णराज पन्थ, तमोर सानिमा इनर्जी प्रालिको तर्फबाट अध्यक्ष पुष्पज्योती ढुंगाना लगायतको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

प्रदेश नम्बर–१ ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकामा निर्माण हुने माथिल्लो तमोर जलविद्युत आयोजनाबाट उत्पादित विद्युतको खरिदबिक्री सम्झौता (पीपीए) गर्न सहमतिका लागि नेपाल विद्युत प्राधिकरणले आयोग समक्ष निवेदन पेश गरेको छ ।




Comments are closed.