काठमाडौं । मल्टीब्राण्ड सपिङ स्टोर बिग डिजिटलले ललितपुरको ग्वार्कोचोकस्थित ग्वार्को कम्प्लेक्सबाट सेवा शुरु गरेको छ । बुधबार एक कार्यक्रमकाबीच ब्राण्ड एम्वेस्डर स्वस्तिमा खड्काले बिग डिजिटलको उद्घाटन गरेकी हुन् ।
अन्तर्राष्ट्रियस्तरका विभिन्न ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकलाई उपलब्ध गराउने उद्देश्यका साथ स्टोरको शुरुवात गरिएको बिग डिजिटलका प्रमुख कार्यकारी अधिकृत विक्रमेश ओझाले जानकारी दिए । उनले भने, ‘नेपाली ग्राहकको बदलिदो इच्छा एवं आकाक्षांलाई परिपुर्ती गर्दै बिग डिजिटलले नेपालको सपिङ क्षेत्रमा नयाँ मापदण्ड सृजना गर्नेमा हामी विश्वस्त छौं ।’
उद्घाटन कार्यक्रममा बोल्दै ब्राण्ड एम्वेस्डर स्वस्तिमा खड्काले बिग डिजिटलले उच्च कोटीको उत्पादनहरु ग्राहकलाई उपलब्ध गराउदै निरन्तर प्रगतिको कामना व्यक्त गरिन् ।

सपिङ स्टोरमा ९० भन्दा धेरै अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामान, मोवाइल फोन, ल्यापटप, टि.भी, वाद्यवाधन लगायतका सामान उपलब्ध हुने बताइएको छ ।
ग्राहकले सामान खरिद गर्दा लक्की ड्र मार्फत विभिन्न उपहार जित्न सक्नेछन् भने शत प्रतिशत नगद फिर्ता पनि पाउन सक्नेछन् ।
काठमाडौंका विभिन्न स्थानमा ४ वटा स्टोर साथै सातवटै प्रदेशमा नयाँ स्टोर विस्तार गर्ने योजना रहेको ओझाले बताए ।





Comments are closed.