बिहानी बजारको तेस्रो शाखा दमौलीमा

पोखरा । बिहानी बजारको शाखा दमौलीमा संचालन शुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले शाखाको उद्घाटन गरेका हुन् ।

पोखराको लेकसाइडमा केही समय पहिले संचालनमा आएको बिहानी बजारको यो तेस्रो शाखा हो । व्यवसायी बसुन्धरा घर्तीले दमौली शाखा संचालनमा ल्याएकी हुन् । बजारको आवस्यकता महसुस गरि संचालनमा ल्याएको संचालक घर्तीले बताइन् ।

स्वदेशी तथा स्थानीय उत्पादनलाई जोड दिई सम्पूर्ण प्रकारका दैनिक उपभोग्य सामग्री उपलब्ध गराइने संचालक ढाका कुमार श्रेष्ठले बताए । ग्राहकले अनलाइन मार्फत पनि सामान अर्डर गर्न सक्ने र होम डेलिभरीको निःशुल्क सुविधा पनि रहेको श्रेष्ठले जानकारी दिए ।

footwear zone

पोखराको लेकसाइडबाट संचालन शुरु गरिएको बजारको कास्की, पर्वत, लमजुङ, तनहुँ लगायतका स्थानमा पनि शाखा संचालन गर्ने तयारी रहेको संचालक हरि कार्कीले बताए । थोरै नाफा कमाउने र नाफामा आएको केही रकम सामाजिक काममा खर्च गरिने बताइएको छ ।

 

You might also like

Comments are closed.