पोउवासंघमा विन्दुको उम्मेदवारी घोषणा, पहिलो महिला अध्यक्ष बन्ने दावी

पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विन्दु कोइराला सुवेदीले उम्मेदवारी दिने भएकी छन् । सोमबार बिहानै सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी हुन् ।

‘पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने पक्का गरेकी छु,’ उनले भनेकी छन्, ‘मलाई यहाँहरूको अमूल्य मत प्रदान गरी सवल, स्वतन्त्र र समृद्ध उद्योग वाणिज्य संघ बनाउन यहाँको अमुल्य सहयोगको लागि अनुरोध गर्दछु ।’

उनी संघको बर्तमान कार्यसमितिमा उद्योग उपाध्यक्ष भएर काम गरिरहेकी छन् । यस अगाडिको कार्यसमितिमा वाणिज्य उपाध्यक्ष भएकी उनी संघका विभिन्न पदमा रहेर कार्य गरेकी छन् ।

footwear zone

सर्वसम्मत अध्यक्ष नभए आफूले पनि एउटा टिम बनाएर चुनावी अभियानमा होमिने कोइरालाले आर्थिक आवाजलाई जानकारी दिइन् । ‘संघमा पहिलो महिला अध्यक्ष भएर इतिहास रच्ने अवसर मलाई प्राप्त हुँदैछ,’ उनले भनिन् ।

यस अगाडि संघका बर्तमान वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

You might also like

Comments are closed.