गण्डकीमा सञ्चारमैत्री कानून ल्याइने : मन्त्री थापा

गण्डकी । गण्डकी प्रदेशका कानून सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेशमा ल्याउन लागिएको कानून सञ्चार क्षेत्रमैत्री हुने बताएको छन् । नेपाल प्रेस युनियन कास्की शाखाद्वारा शुक्रबार आयोजित उत्कृष्ट सदस्य अवार्ड वितरण एवं सम्मान कार्यक्रममा उनले सम्बद्ध पक्षसँग छलफल एवं अन्तक्र्रियामार्फत कानूनलाई अन्तिमरुप प्रदान गरिने छ भने ।

समाजका सत्य तथ्य घटनालाई बाहिर ल्याउने पत्रकारिता क्षेत्र आफैँमा मर्यादित तथा विश्वसनीय हुनुपर्नेमा जोड दिँदै मन्त्री थापाले यस संस्थाले सञ्चालन गरिरहेको आधारभूत पत्रकारिता तालिमले दक्ष जनशक्ति बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले विजय नेपालीलाई उत्कृष्ट सदस्य अवार्ड प्रदान गर्नाका साथै गण्डकी प्रदेश प्रमुखका प्रेस संयोजक माधव रेग्मीलाई सम्मान गरेका थिए ।

footwear zone

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पत्रकारिता पेशालाई जिम्मेवार र व्यावसायिक बनाउन सकेमा मात्र आम सर्वसाधारणको विश्वास यस क्षेत्रले जित्नसक्ने बताए । नेपाली कांग्रेस कास्की शाखाका कोषाध्यक्ष माइकल कर्माचार्यले समाचार सत्यतथ्यमा आधारित हुनुपर्नेमा जोड दिए ।

You might also like

Comments are closed.