मन्त्री थापाले फिर्ता गरे सुविधास्वरुप प्राप्त गाडी

पोखरा । गण्डकी प्रदेश सरकारका कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकरमार थापाले  आफुले प्राप्त गरेको सरकारी गाडी सुविधा फिर्ता गरेका छन् ।

आसन्न प्रदेश सभाको निर्वाचनमा मनोनयन दर्ता गरेसँगै उम्मेदवार पनि भएकाले चुनावी प्रचार प्रसार लगायत अन्य काममा समेत संलग्न हुनुपर्ने भएकाले सुविधा स्वरुप प्राप्त झण्डावाल गाडी मन्त्रालयका सचिवलाई फिर्ता गरेको थापाले बताए ।

मन्त्री थापाले प्राप्त तलब, भत्ता तथा अन्य सुविधा पनि विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आएका थिए ।  ‘जनताको करबाट आर्जेको सरकारी सम्पतिको दुरुपयोग नहोस् भन्नेमा हिजो पनि सचेत थिएँ, आज पनि छु र भविष्यमा पनि यसैमा मेरो प्रतिवद्धता रहनेछ,’ उनले भने ।

footwear zone

 

You might also like

Comments are closed.