वीरगञ्जमा एक हजार क्षमताको होल्डिङ सेन्टर बन्दै

वीरगञ्ज । पर्साको वीरगञ्जमा करिब एक हजार जना अटाउने होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पूर्वाधारको सबै काम सम्पन्न भइसकेको छ, भने एक सय श्ययामा अक्सिजन जडानको काम मात्र बाँकी छ ।

निर्माणको जिम्मा पाएको हनुमान कन्सट्रक्सनका इञ्चार्ज विशाल दाहालका अनुसार गत वर्ष कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सीमानाकाबाट नेपाल भित्रिनेलाई क्वारेन्टिनमा राख्न सरकारले वीरगञ्ज नाकामा होल्डिङ सेन्टर निर्माण कार्य अघि बढाएको हो । “निर्माण कार्य अन्तिम चरणमा पुगेको छ”, दाहालले भने। निमार्णाधीन संरचनाको व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ ।

भारतबाट वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने नागरिकलाई क्वारेन्टिनमा राख्न उक्त क्षेत्रमा करिब रु २८ करोडको लागतमा भवन निर्माण गरिएको हो । निर्माण गरिएका पूर्वाधारमा १३ भान्साघर, २२ शौचालय र एक हजार व्यक्ति अटाउने २२ क्वारेन्टिन भवन रहेका छन् । नौ सय श्ययामा सामान्य लक्षण तथा एक सय श्ययामा जटिल अवस्थाका बिरामीलाई राखिने दाहालले बताए।

footwear zone

सरकारले २०७८ असार २५ गतेदेखि वीरगञ्ज भन्सार कार्यालयको पश्चिमपट्टिको गोदाम नजिक करिब दुई बिघा जग्गामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो। विसं २०७८ वैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना रोकथाम तथा नियन्त्रणकोे उद्देश्यसहित मुलुकका विभिन्न आठ नाकामा होल्डिङ सेन्टर निर्माण कार्य अघि बढाएको थियो। पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको सूचकाङ्क फेरि उकालो लाग्दै गएपछि होल्डिङ सेन्टर निर्माण अघि बढाइएको हो ।

You might also like

Comments are closed.