वीरगञ्ज र कैलाली उद्योग वाणिज्य संघबीच भगिनी सम्बन्ध कायम

कैलाली । पर्साको वीरगञ्ज उद्योग वाणिज्य संघ र कैलाली उद्योग वाणिज्य संघबीच द्विपक्षीय व्यापार, विस्तार, आपसी समन्वय र सहकार्यका लागि भगिनी सम्बन्ध कायम गरिएको छ ।

आज वीरगञ्ज उद्योग वाणिज्यमा आयोजित कार्यक्रममा उक्त स्मृतिपत्रमा वीरगञ्ज उद्योग वाणिज्य संघकातर्फबाट अध्यक्ष डा सुबोधकुमार गुप्ता र कैलाली उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष पुष्पराज कुँवरले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा कैलाली उद्योग वाणिज्य संघ अध्यक्ष कुँवरले क्षेत्रीय व्यापार, व्यवसाय, पर्यटन, कृषि आदि क्षेत्रको विकास तथा विस्तारका लागि आपसी सहकार्य एवं सहयोग गर्ने, व्यापार व्यवसायका मुद्दामा नेपालभरिका चेम्बर एक भएर सामूहिक प्रयास र पहल गर्दै व्यापार व्यवसाय विकास र विस्तार गर्नुपर्नेमा जोड दिए ।

footwear zone

सो क्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. गुप्ताले वीरगञ्जको महत्व, यसले बोकेको आर्थिक, सांस्कृतिक, पर्यटकीय सम्भावनालाई उजागर गरे। उनले नेपालको चेम्बर आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको वीरगञ्ज उद्योग वाणिज्य संघले आफ्नो स्थापनाको झण्डै आठ दशक पार गरिसकेको र यसबीचमा यस क्षेत्रका उद्योग, व्यापार तथा निजी क्षेत्रको हित संरक्षणमा संस्थागत ऊर्जा खर्चिंदै आइरहेको बताए ।

अध्यक्ष डा गुप्ताले नयाँ(नयाँ सरकारी नीति नियमका कारण व्यापार व्यवसाय धरासायी हुँदै गइरहेकाले यस्ता नीति नियम सच्याउनका लागि दबाब सिर्जना गर्न निजी क्षेत्रले साझा एजेण्डाका रूपमा अगाडि सार्नुपर्नेमा जोड दिए। उनले वीरगञ्ज र कैलाली उवासंघबीच भगिनी सम्बन्ध कायम गरेर संयुक्तरूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

भेटघाटका क्रममा कैलाली वीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधिले राखेका संघको सदस्यता प्रदान गर्ने प्रक्रिया, सीमा व्यापारका समस्या, बैंक तथा वित्तीय क्षेत्रका समस्याका बारे उपाध्यक्षद्वय हरि गौतम र माधव राजपालले जवाफ दिएका थिए ।

You might also like

Comments are closed.