रोहिंग्या मुस्लिमलाई शरण दिनेविरुद्ध वीरगञ्जमा प्रदर्शन

वीरगंज । विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा वीरगञ्जमा विरोध प्रदर्शन गरिएको छ। रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउने एवं शरण दिनेविरुद्ध आइतवार बेलुका आयोजित उक्त विरोध र्‍याली माईस्थानबाट शुरु भई दुई नम्बर रोड, मिना बजार हुँदै घण्टाघरमा गई कोणसभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागी युवाहरुले रोहिंग्या मुस्लिमलाई देश निकाला गर, रोहिंग्या मुस्लिम भगाऔं देश बचाऔं, रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउनेलाई कारबाही गर जस्ता चर्को नारा लगाएका थिए ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले रोहिंग्याहरुलाई नेपाल प्रवेशमा सहयोग गरेको भन्दै मियाँको पुतला दहन गर्दै मुस्लिम आयोग खारेजीको माग समेत गरेका थिए । साथै मदरसा शिक्षालाई बढावा दिई प्रदेशमा कट्टरपन्थी उत्पादनमा सहयोग गरेको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको समेत पुतला दहन गरिएको थियो ।

footwear zone

परिषदले देशैभरिका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री एवं गृहमन्त्रीलाई रोहिंग्या एवं मुस्लिम संगठनहरुको संकास्पद गतिविधि सन्दर्भमा ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र समेत बुझाएको छ ।

You might also like

Comments are closed.