सरकारबाट पाउँने सेवा सुविधा नलिने वडाध्यक्ष भट्टराईको घोषणा

पोखरा । पोखरा महानगर पालिका वडा नं- ६का नवं निर्वाचित वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले नेपाल सरकार बाट पाउँने सेवा सुविधा आफुले अबको पाचँ बर्ष सम्म नलिने बताएका छन्।

पोखरा महानगर पालिका वडा नं- ६ बैदामका अन्नपूर्ण आमा समुह र बगैचा टोल विकास संस्थाले शक्रुबार आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको कार्यक्रममा अध्यक्ष भट्टराईले उक्त कुरा बताए ।

“हामीलाई जनताले पाँच बर्षका लागि आफ्नो क्षेत्रको विकास निर्माण सहित वडाबासीको सेवा गर्ने पठाएको स्मंरण गर्दै अबको पाँच बर्ष सम्म नेपाल सरकार बाट पाउने जे जति सेवा सुविधिा छन, सवै वडामा रहेको सामाजिक संघ सस्थालाई दामासाहि हिसावले प्रदान गर्ने छु” उनले भने ।

footwear zone

भट्टराईले “हिजो हामी जुन राजनिति पार्टि बाट प्रतिनिधित्व गरे पनि अबका दिनमा हामीहरु सबैका साझा ब्यक्ति भएको बताउदै राजनैतिक नजर बाट नहेर्ने” आग्रह गरे ।

बैदाम क्षेत्र नेपालकै पर्यटकीए क्षेत्र भएकाले यस क्षेत्रलाई पर्यटन मैत्रि बनाउनेमा आफु लागि पर्ने कुरामा जोड दिए । नेपाल सरकारको ट्रष्टको स्वमित्वमा रहेको रत्न मन्दिरलाई पोखरा महानगर पालिकाको स्वामित्वमा ल्याउन आफुले पहल गर्ने बताउदै, लेकसाइडमा रहेका अधुरा अपुरा कामहरुलाई अगाडि बढाने प्रतिबद्धता ब्यक्त गरे ।

अबको पाँच बर्ष भित्र बैदाम क्षेत्रमा सुविधा सम्पन्न सार्वजनिक शौचालय बनाउने र वडाबाट दिने सेवा सुबिधा लाई छिटो छरितो र पारदर्शि बनाउने योजना रहेको सुनाए ।

वडा सदस्यहरु बासु बराल र शोभा जलारीले जनताले दिएको मतको सम्मान गर्दै, आफुहरुले बैदामबासीको जनभावना अनुरुपनै काम गर्ने प्रतिबद्धता जनाए ।

बगैचा टोलविकास संस्थाका अध्यक्ष मिना ढकालको सभा अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण आमा समुह अध्यक्ष रेणु थापा लामिछाने, अन्नपूर्ण आमा समुहका उपाअध्यक्ष गोमा पगेनी, बगैचा टोलविकास संस्थाका सल्लाहकार प्रेमनारायण अधिकारी,अन्नपूर्ण आमा समुहका सल्लाहकार बलराम गिरी, सल्लाहकार भिमसेन भुजेल र अन्नपूर्ण आमा समुह नि.बर्तमान अध्यक्ष शान्ति रेग्मी लगाएतका बक्ताहरुले वडा नं- ६लाई पोखरा महानगर पालिका कै नुमना वडा बनाउन अग्रह गर्दै, नव निर्वाचित जनप्रतिनिहरु लाई बैदामबासीहरुको भावना लाई बुझेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिए ।

स्थानीय तहको निर्वाचन २०७९मा अध्यक्षमा विष्णु बहादुर भट्टराई, खुल्ला सदस्यमा बासु बराल, दिपेन्द्र पहारी महिला सदस्यमा पबित्रा थापा र दलित महिला सदस्यमा शोभा जलारी निर्वाचित भएका थिए । कार्यक्रममा संस्थालाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.