विद्यार्थी पठाएर विदेश पुगेपछि पनि हामी अभिभावकत्व लिन्छौं

विष्णुप्रसाद गौतम, मार्केटिङ प्रमुख, एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज पोखरा

विदेश पढ्न जान चाहने विद्यार्थीका लागि तपाईहरु प्रारम्भमा कसरी परामर्श दिनुहुन्छ ?
सन् २००३ मा अष्ट्रेलियाको सिड्नीबाट एक्स्पर्ट कन्सल्टेन्सी स्थापना भएको हो । सन् २०१३ बाट यस कन्सल्टेन्सीले पोखरामा काम सुरु गर्‍यो। उच्च शिक्षा अध्ययन गर्न विदेश पढ्न जान चाहने विद्यार्थीका लागि एक्स्पर्ट पुरानो नाम हो र धेरैको रोजाई पनि हो । पोखरा एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज एक ब्राण्डको रूपमा स्थापित भइसकेको छ । पोखरा तथा आसपासका क्षेत्रमा नमुना कन्सल्टेन्सीका रूपमा यो परिचित छ । अष्ट्रेलियाको लागि यो कन्सल्टेन्सी पहिले देखिनै एक विश्वसनीय ब्राण्ड भनेर चिनिँदै आएको हो । यो बजारमा छुट्टै पहिचानका साथ स्थापित छ । अहिले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका, न्युजील्याण्ड, आयरल्याण्ड जान चाहने विद्यार्थीलाई हामीले परामर्श दिँदै आएका छौं । अहिले अष्ट्रेलिया र क्यानडा जाने विद्यार्थीको सङ्ख्या बढी छ ।

विदेश पढ्न जाने सन्दर्भमा पहिले र अहिलेको माहौलमा के फरक पाउनुभएको छ ?
विदेश अध्ययन गर्न जाने कुरामा पहिलाको र अहिलेको माहौलमा धेरै फरक छ । अहिले विद्यार्थी आफैंमा सचेत हुनुहुन्छ । सचेत विद्यार्थीलाई परामर्श प्रदान गर्दा हामीले पनि धेरै तयारी तथा मेहनत गर्नुपर्छ । विद्यार्थीसँग पहिलानै धेरै ज्ञान हुन्छ । धेरै बुझेर आउनुहुन्छ । उहाँहरूसँग सहजीकरण गर्न सहज होस् भनेर हामीले दक्ष तथा अनुभवी काउन्सिलरद्वारा परामर्श सेवा प्रदान गर्छौ । पीटीई, आइएलटिएसलगायत अध्ययन गर्ने विद्यार्थी धेरै आउनुहुन्छ । एक्स्पर्टबाट धेरै विद्यार्थीले लाभ लिनुभएको छ र लिने क्रममा पनि हुनुहुन्छ । काम गर्न पनि हामीलाई हिजोका दिनमा भन्दा आजका दिनमा धेरै हौसला मिलेको छ ।

पोखरा एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य विशेषता वा भनौन सबल पक्ष के हो ?
हामी मल्टिनेशनल कम्पनी हौं । विद्यार्थीलाई यहाँबाट पठाएर विदेश पुगेपछि पनि हामी अभिभावकत्व लिन्छौं । विद्यार्थीले कलेज, कोर्स परिवर्तन गर्न चाहेमा पनि सहजीकरण गर्छौ । विद्यार्थीलाई सिमकार्ड पनि हामी निःशुल्क उपलब्ध गराउछौं । यात्रा गर्न पनि सहज बनाउछौं । विद्यार्थीलाई आइपर्ने समस्या समाधानका लागि सधैं तयार रहन्छौं । हामीले विद्यार्थीको शैक्षिकस्तर, क्षमता तथा दक्षता, आर्थिक अवस्था अनुसार युनिभर्सिटी, कलेज तथा विषय छान्न सहयोग गर्छौ । कलेज तथा युनिभर्सिटीको ‘फि–स्ट्रक्चर’, अध्यापन हुने विषय लगायतका वारेमा सत्य तथ्य जानकारी दिन्छौं । यो हाम्रो विशेषता हो । हामीले आम्दानी मात्र नहेरी विद्यार्थीको भविष्य हेर्छौ । विद्यार्थी तथा अभिभावकलाई विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधीसँग प्रत्यक्ष भेट गराउने उदेश्यले समय समयमा ‘फेयर’ को आयोजना पनि गर्दै आएका छौं ।अध्ययनका लागि विदेश जाने विद्यार्थीको भाषामा पनि दक्षता आवश्यक हुन्छ । आइइलटिएस, पीटीइ लगायत भाषा कक्षा सञ्चालन गर्छौं । आइइलटिएस पेपरवेस क्लास हो भने पीटीइ कम्प्युटर वेस क्लास हो । आइइलटिएस, पीटीइ मध्ये विद्यार्थीको चाहना कुनमा छ त्यही कक्षा लिन सल्लाह दिन्छौं । हाम्रोमा बिहान ७ बजेबाट बेलुका ४ बजेसम्म कक्षा सञ्चालन हुन्छन् । आइटीका नविनतम् प्रविधिको प्रयोग गरेर कक्षा सञ्चालन गर्छौ । हाम्रोमा अनुभवी तथा दक्ष शिक्षकहरू हुनुहुन्छ । नोटबुक, बुक, ल्याव, लाइब्रेरी लगायतका सुविधा छन् ।

footwear zone

अहिले कस्ता र कुन लेभलका विद्यार्थी विदेशीमा बढी आकर्षित छन् ?
अहिले प्लस टु सकेपछि धेरै विद्यार्थी जाने ट्रेण्ड छ । ब्याचलर सकेपछि मास्टर्स अध्ययनका लागि विदेश अध्ययन गर्न जाने क्रम पनि बढिरहेको छ । विश्वमा नै प्रतिष्ठित एक सयभन्दा धेरै कलेज तथा युनिभर्सिटीसँग हामीले सहकार्य तथा समन्वय गरेका छौं । विद्यार्थीको छनोट अनुसारका कलेज तथा युनिभर्सिटी छन् । एक्स्पर्टमा धेरैजसो पोखरासँगै स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत, म्याग्दी, बागलुङ, लगायतका जिल्लाबाट विद्यार्थी आउनुहुन्छ ।

यसको प्रधान र शाखा कार्यालय कहाँ कहाँ छ ?
अष्ट्रेलियाको सिड्नीमा हाम्रो प्रधान कार्यालय छ । विभिन्न देशका विभिन्न शहरमा रहेका ५० भन्दा धेरै शाखालाई निगरानी गर्ने कार्य प्रधान कार्यालयबाट हुन्छ । हामीलाई सुझाव तथा आवश्यक निर्देशन पनि प्रदान गर्नुहुन्छ । कलेज तथा युनिभर्सिटीकाबारेमा विभिन्न जानकारी दिनुहुन्छ । विभिन्न देशका फेरवदल भएका शिक्षा नीतिका बारेमा हामीलाई अपडेट गराउनुहुन्छ । अध्ययनसँगै अष्ट्रेलियामा नेपाली विद्यार्थीले काम नपाएको अवस्था छैन । काम गर्ने वातावरण राम्रो छ । आफूसँग ज्ञान तथा सीप हुनु आवश्यक छ ।

 

You might also like

Comments are closed.