‘अर्थतन्त्रको विश्वव्यापी समस्या समाधान गर्न सामूहिक पहल जरुरी’

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखा परेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताएका छन् ।

‘भ्वाइस अफ साउथ समिट’ अन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोरोना महामारीपछि विश्वव्यापीरूपमा आर्थिक मन्दीको संकेत देखिएको र त्यसको सामनाका लागि सामूहिक पहल गर्ने यो उपयुक्त समय भएको बताएका हुन् ।

उनले नेपाल सन् २०२६ सम्ममा अल्पविकसित देशबाट स्तरोन्नति हुने बाटोमा रहेको र ुसमृद्ध नेपाल सुखी नेपालीु को एजेन्डालाई अगाडि बढाउन केन्द्रित रहेको जानकारी दिए।

footwear zone

आर्थिक रूपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाजस्ता क्षेत्रहरूलाई प्राथमिकता दिएको र दीगो विकास लक्ष्य हासिल गर्न सन् २०१६ देखि २०३० सम्मको अवधिमा वार्षिक पाँच खर्ब ८५ अर्ब रुपैयाँ वित्तीय अभाव भएको अर्थमन्त्री पौडेलको भनाइ छ।

You might also like

Comments are closed.