कार्यकारी निर्देशक अधिकारीद्वारा पदभार ग्रहण

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका नवनियुक्त कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले पदभार ग्रहण गरेका छन् । मन्त्रिपरिषदको गत साता बसेको बैठकले पूर्व बैंकर तथा अर्थविद अधिकारीलाई उक्त पदमा नियुक्त गरेको थियो ।

हालै एक कार्यक्रमबीच अधिकारीले आफ्नो जिम्मेवारी सम्हालेका छन् । उक्त अवसरमा बोल्दै अधिकारीले आफ्नो बुद्धि र विवेकले भ्याएसम्म आफ्नो जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैंकिङ क्षेत्रमा झण्डै ३ दशकको अनुभव संगालेका अधिकारीले साविक ओम डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् ।

footwear zone

You might also like

Comments are closed.