नेपाल व्यवस्थापक संघमा सरकारको प्रतिनिधि बने अधिकारी

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी नेपाल व्यवस्थापक संघमा मनोनीत भएका छन् ।

संघको २०औं प्रवन्ध समितिमा २ वर्षे कार्यकालका लागि नेपाल सरकारको प्रतिनिधिका रुपमा अधिकारीलाई मनोनीत गरिएको हो ।

सरकारको मन्त्रीपरिषदको बैठकको निर्णय अनुसार अधिकारीलाई उक्त पदमा मनोनीत गरिएको छ ।

footwear zone

आफूलाई विश्वास गरी सरकारले नेपाल व्यवस्थापक संघमा मनोनीत गरेको प्रति अधिकारीले आभार व्यक्त गरेका छन् । सरकारको प्रतिनिधिका रुपमा रहेर संघमा उल्लेखनीय कार्य गरी योगदान पुर्याउने उनले प्रतिबद्धता गरेका छन् ।

You might also like

Comments are closed.