पर्यटक यातायात व्यवसायी संघको रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन

पोखरा। पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत संघले रक्तदान आयोजना गरिएको अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए । कार्यक्रमको शुभारम्भ गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले सामाजिक उत्तरदायित्व बोध गरी संघले गरेको रक्तदान अरुका लागि पनि अनुकरणीय बन्ने विश्वास व्यक्त गरे ।

]कोरोनाका कारण लामो समयसम्म प्रभावित पर्यटनले विस्तारै गति लिन लागेको बताउँदै उनले सबैको साथ र सहयोगमा पर्यटन मैत्री वातावरण तयार गर्नुपर्ने बताए ।

footwear zone

पर्यटकको आवश्यकता अनुसारका सवारी साधनका माध्यमबाट संघले पर्यटन क्षेत्रको विकासमा योगदान पुर्‍याएको बताए ।

भारतीय सवारीसाधनले पोखरामा एक दुईवटा मात्र पर्यटकीय स्थल देखाएर पर्यटकलाई फर्काउने गरेको बताउँदै उनले ती सवारीसाधनलाई कुनै उचित स्थानमा पार्किङको व्यवस्था गरी स्थानीय व्यवसायीका पर्यटक यातायातका साधनका माध्यमबाट सबै गन्तव्यमा पुर्‍याउने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि आफ्ना तर्फबाट साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

संघका महासचिव सुरेश दहालले सञ्चालन गरेको कार्यक्रममा पर्यटनसम्बद्ध क्षेत्रका पदाधिकारी तथा प्रतिनिधिहरु उपस्थित भएका थिए ।

You might also like

Comments are closed.