पोखरा । पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, आइसीएफसी फाइनान्स र लायन्स क्लव अफ पोखरा डेस्टिनेसनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
बुधबार संयुक्तरुपमा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । रगतको अभावमा कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले आफूहरुले सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले बताएका छन् ।
पोखरा वडा नं ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्य प्रमुख आतिति रहेको कार्यक्रममा पहिलो रक्तदाता कृष्णप्रसाद तिवारीलाई बल्ड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उदघाटन गरिएको थियो । योसँगै तिवारीले ६५औं पटक रक्तदान गरेका छन् । कार्यक्रममा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका अध्यक्ष रमेश थापा, संचालक समितिका सदस्य डा.सरोज पोखरेल, वित्तीय निर्देशक विक्रम पराजुली, डा.निरज रञ्जित, व्यवस्थापक गौतम पौडेललगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै, कार्यक्रममा आइसिएफसि फाइनान्स लिमिटेडका रिजनल म्यानेजर अनुप केसी, अप्रेसन तथा मार्केटिङ प्रमुख अर्पणा लामा, अप्रेसन इन्चार्ज सुवा पुन, लोन शाखाका अमृत केसी, लक्ष्मी पौडेल, अजयकुमार गुरुङ, भूमिका थापा, अनुजा कँडेल, लायन्स क्लवको तर्फबाट लायन रामप्रसाद तिमिल्सीना र रिजन चिर्यर पर्सन लक्ष्मण शर्माको पनि उपस्थिति रहेको व्यवस्थापक गौतम पौडेलले जानकारी दिए ।




Comments are closed.