बैंक अफ काठमाण्डू र थेयाङ हान्गुल इन्स्टिच्युटबीच छुट सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो बैंकको कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई कोरियन भाषा सिकाई संस्था “थेयाङ हान्गुल इन्स्टिच्युट”मा भाषा कक्षा शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराउने भएको छ ।

सम्झौता पश्चात् नेपाल सरकार र गणतन्त्र कोरियाको समझदारी पत्र अनुरुप रोजगार अनुपति प्रणाली (इपीएस) अन्र्तगत वा अन्य माध्यमबाट कोरिया जान इच्छुकहरुले भाषा पढ्न ललितपुरको ग्वार्कोमा रहेको थेयाङ हान्गुल इन्स्टिच्युटबाट अध्ययन गरी बैंकको कार्ड तथा मोबाईल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भाषा शुल्क भुक्तानी गरेमा २५ प्रतिशत छुट पाउनेछन् ।

थेयाङ हान्गुल इन्स्टिच्युटले ललितपुरको ग्वार्कोबाट कोरियन भाषा पढेर कोरिया जान इच्छुकहरुलाई दक्ष तथा कोरियन भाषा विज्ञहरुबाट कक्षा संचालन गर्दै आईरहेको छ । नेपाल सरकार र कोरियाबीचको समझदारी अनुरुप रोजगार अनुमति प्रणाली अन्तर्गत वार्षिक ९ हाजरभन्दा बढी नेपालीहरु कोरिया गइरहेका छन् ।

footwear zone

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

You might also like

Comments are closed.