काठमाडौं । बैंक अफ काठमाण्डूले आउदै गरेको महान चाडपर्वहरु लक्षित गरी डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ई–कमर्स कारोबारमा नगदफिर्ता योजना ल्याएको छ ।
बैंकको कार्ड भएका ग्राहकहरुले विभिन्न ई–कमर्स प्ल्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत वा अधिकतम् १ हजार ५ सयसम्म नगदफिर्ता पाउनेछन् । यस नगद फिर्ता योजना यहि भदौ २२ गते (बुधबार)बाट सुरु हुनेछ । यो योजना अन्र्तगत बैंकको कार्डबाहक ग्राहकहरुले नगद फिर्ताको लागि योजना अवधिभर ३ वा सोभन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नुपर्नेछ ।
कारोबार रकम १० हजार वा सोभन्दा बढि हुनुपर्नेछ । यदि कोहि ग्राहकहरुको कार्ड अनलाइन कारोबारको लागि दर्ता भएको छैन भने कार्डबाहक ग्राहकहरुले बैंकको वेवसाइटमा गई आफैं कार्ड अनलाइन कारोबारको लागि दर्ता गर्न सक्नेछन् अथवा आफुलाई पायक पर्ने बैंकको कुनैपनि शाखा कार्यालयमा गई अनलाइन कारोबारको लागि निःशुल्क दर्ता गर्न सक्नेछन् ।

बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकहरुले विभिन्न ई–कमर्स प्लेटफर्महरुमा अनलाइन माध्यमबाट आफूलाई मनपर्ने सामानहरु खरिद गरि बैैकको कार्डबाट भुक्तानी गरिरहेका छन् । पछिल्लो समय कार्डबाट हुने विद्युतिय भुक्तानी कारोबारमा ग्राहकहरुको रुची वृद्धि भइरहेको छ ।
यस्तै रुचीहरुको निरन्तरता तथा रुची वृद्धिको लागि यस बैंकले विभिन्न समयमा कार्डबाहकहरुको फाईदाका लागि नगदफिर्ता तथा छुट योजनाहरु ल्याइरहेको छ । यस नगदफिर्ता योजनाले ग्राहकहरुलाई धेरै फाइदा हुने भएकोले यस योजनामा ग्राहकहरुको उच्च सहभागिता रहने विश्वास बैंकले लिएको छ ।
साथै, यो नगदफिर्ता योजना सिमित अवधिको लागि भएकाले यस नगदफिर्ता योजनामा चाडै सहभागी भई फाईदा लिन आह्वान गरिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।




Comments are closed.