बिओके क्यापिटल मार्केटको प्रस्तावित ५.७९ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । बिओके क्यापिटल मार्केट लि. को साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा शुक्रबार बसेको ७औं वार्षिक साधारणसभाले आ.व २०७८/७९ को वित्तीय विवरणहरु पारित गरेको छ ।

त्यस्तै आ.व २०७८/७९ मा संचित मुनाफाबाट ५.७९ प्रतिशत लाभांश (कर समेत) वितरण गर्ने निर्णय अनुमोदन गर्नुका साथै आगामी आ.व २०७९/८० को बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णय पनि भएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बिओके क्यापिटल मार्केट लि.कम्पनी ऐन, २०६३ बमोजिम विधिवत् दर्ता भई विगत सात वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

footwear zone

यस कम्पनीले समिक्षा अवधिमा ६ वटा कम्पनीहरुको प्राथमिक सेयर तथा हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ भने, जम्मा ११ वटा कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गरिरहेको छ ।

कम्पनीले हालसम्म ८५ हजार ६ सय ८९ हितग्राही खाता खोलिसकेको छ । लगानी व्यवस्थापन सेवाअन्र्तगत ९८ जनाको १७ करोड बराबरको लगानी व्यवस्थापन गरिएको छ ।

मूल्य अभिवृद्धि र बढ्दो व्याजदरले सेयर बजारमा समेत ४० प्रतिशतभन्दा बढी गिरावट आएकोे कठिन अवस्थामा पनि यस कम्पनीले सुझबुझका साथ कार्य सम्पादन गरी शुक्रबार सातौ वार्षिक साधारणसभा बाट प्रस्तावित ५.७९ प्रतिशत नगद लाभांश पारित गर्न सफल भएको छ ।

You might also like

Comments are closed.