काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले हेफर नेपालसंगको सहकार्य तथा सम्बन्धित स्थानीय तहहरुसँगको समन्वयनमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गरेको छ । गुल्मी जिल्लाको विभिन्न ग्रामीण स्थानहरु इस्मा, मालिका, मुसीकोटमा कार्यक्रम भएको बैंकले जनाएको छ ।
कार्यक्रममा सोही भू-भागमा बसोबास गर्ने विभिन्न पेशा तथा स्थानीय स्तरका सहकारीहरुमा आवद्ध महिलाहरुको उपस्थिति थियो । ग्रामीण भू-
भागमा बसोबास गर्ने स्थानीयलाई बैंकिङ तथा वित्तीय जानकारी दिने हेतुले संचालन गरिएको कार्यक्रममा करिब १५० भन्दा बढिको सहभागिता थियो ।
बैंक र हेफरको सहकार्यमा संचालन भएको कार्यक्रमलाई प्रभावकारी बनाउन बैंकका प्रमुख संस्थागत निक्षेप दिलीप पोखरेलद्वारा सहभागीलाई वित्तीय साक्षरताको आवश्यकता र बैंकिङ कारोबारको महत्वबारेमा विभिन्न सन्दर्भ सामग्रीहरु सहित जानकारी दिए । हेफर नेपालका प्रतिनिधिहरुले ग्रामीण भूभागमा बैंक र बैंकिङ क्षेत्रले सोही स्थानमा बसोबास गर्ने मानिसहरुमा भएको सकारात्मक प्रभावको बारेमा जानकारी दिएका थिए ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालय, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।




Comments are closed.