बैंक अफ काठमाण्डूका ग्राहकलाई दराज र सस्तोडिलमा नयाँ वर्षको छुट योजना 

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुट सहितको योजना ल्याएको छ ।

नेपालीहरुको नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्ड बाहकलाई दराजबाट आफूलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशतसम्मको छुटको सुबिधा उपयोग गर्न सकिनेछ । बैंकको कार्डबाहकले यस योजनाबाट आफूलाई आवश्यक सामान दराजबाट खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको क्रेडिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत वा अधिकतम १ हजार ५ सय र डेबिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम रु. एक हजारसम्म छुटको पाउनेछन् ।

कार्डबाहकले सस्तोडिलमा आफूलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गरेमा २० प्रतिशत वा अधिकतम २ हजारसम्मको छुट पाउनेछन् ।

footwear zone

यो योजनामा बैंकको कार्डबाहकले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्ने जनाइएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.