बैंक अफ काठमाण्डूले ल्यायो बीओके प्रिमियम प्लस बचत खाता

काठमाडौं । ग्राहकहरुलाई उच्चतम् ब्याजदरबाट लाभान्वित बनाउने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडले बीओके प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ ।

हाल बैंकिङ क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहकहरुलाई प्रदान गर्ने ब्याजदरभन्दा बढि ब्याजदरको व्यवस्थासहित अन्य धैरे निःशुल्क सुविधाहरु रहेको यो बचत खाता खोली ग्राहकहरुले उच्चतम् लाभ लिन सक्ने भएका छन् ।

‘अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर’ भन्ने मुल नाराका साथ सार्वजनिक गरिएको यस बचत खातामा ग्राहकहरुले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर पाउने छन् । साथै १० हजारको न्यूनतम मौज्दात राखि खाता खोल्न सकिने यस बचत खातामा ग्राहकहरुलाई थुप्रै निःशुल्क बैंकिङ सेवाहरुको ब्यवस्था रहेको छ ।

footwear zone

ग्राहकहरुले सामान्यतया शुल्क तिर्नुपर्ने बैंकिङ सेवाहरु जस्तै चेक बुक, Balance Certificate, Demat Account, E-commerce Activation, ABBS, खाताको विवरण, मेरो सेयर Connect IPS, डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोेबाईल बैंकिङ यस बचत खातामा निःशुल्क उपलब्ध हुनेछ ।

यस्ता छन् बचत खाताका विशेषताहरुः
. वार्षिक ८.०३ प्रतिशत ब्याजदरको ब्यवस्था
. न्यूनतम मौज्दात १० हजार
.त्रैमासिकरुपमा ब्याज आम्दानी हुने
. निःशुल्क चेक बुकको ब्यवस्था
. Balance Certificate को लागि कुनै शुल्क नलाग्ने
. सेयर कारोबारको लागि आवश्यक डिम्याट खाता निःशुल्क खोल्ने ब्यवस्था
. विभिन्न अनलाईन सेवा प्रदायक संस्थाहरुबाट वस्तु तथा सेवा खरिद गरि बैंकको कार्डबाट भुक्तानी गर्न आवश्यक E-Commerce Activation सेवा निःशुल्क प्रदान गरिने
.ग्राहकहरुले यस बैंकको कुनै शाखा कार्यालयबाट अर्को शाखा कार्यालयमा जतिसुकै रकम पठाउदा शुल्क नलाग्ने
. पहिलो वर्ष निःशुल्क मेरो सेयर सुबिधा
. निःशुल्क खाताको विवरण उपलब्ध गरिने
. पहिलो वर्ष निःशुल्क डेबिट कार्डको सुबिधा
.पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङको सुबिधा
. पहिलो वर्ष निःशुल्क Connect IPS सुबिधा

साथै, बैंकका ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरि संचालनमा ल्याइएको यस बचत खातामा ग्राहकहरुले आफ्नो बचत रकममा उच्चतम् प्रतिफलको लाभ पाउने विश्वास गरिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९८ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

You might also like

Comments are closed.