बैंक अफ काठमाण्डूको ऋणपत्र बिहीबारबाट खुला हुँदै

काठमाडौं ।  बैंक अफ काठमाण्डू लिमिटेडले भोलि बिहीबारबाट ऋणपत्र बिक्रि खुला गर्ने भएको छ । बैंकले भाद्र २ गते बिहीबारबाट ११ लाख इकाई ऋणपत्र बिक्रि खुला गर्न लागेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ६ लाख ६० हजार युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ४ लाख ४० हजार युनिट सर्वसाधारणका लागि खुला हुने बैंकले जनाएको छ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ । यस आधारमा सामूहिक लागानी कोषहरुले कुल २२ हजार इकाई पाउनेछन् ।

यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको बिओके डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्ने भएको छ ।

footwear zone

यस ऋणपत्रका लागि छिटोमा भदौ ७ गते सम्म आवेदन दिन सकिने छ भने ७ गतेसम्मको अवधिमा आवश्यक मात्रामा ऋणपत्र बिक्री नभएमा भने भदौ १६ गतेसम्म भर्न सकिने जनाइएको छ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

You might also like

Comments are closed.