बैंक अफ काठमाण्डू र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच छुट सम्झौता

काठमाडौं ।  बैंक अफ काठमाण्डू लिमिटेड र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच छुट सम्झौता भएको छ ।

बैंकका ग्राहले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टमा भुक्तानी गर्दा ८ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतापछि ग्राहकहरुले किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ ८ प्रतिशत छुट पाउन सक्नेछन् ।किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट, अनामनगर,काठमाडौंबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

footwear zone

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङकोे प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।हालसम्म बैंकले १०३ शाखा कार्यालय,९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

You might also like

Comments are closed.