काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले एक हजार अंकित दरको ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रकम बराबरको बि.ओ.के डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत छ ।
सम्झौतामा बैंक अफ काठमाण्डूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले बुधबार हस्ताक्षर गरेका छन् ।
काठमाडौंको कमलपोखरीमा बैंकको मुख्य कार्यालय छ । तत्कालीन बैंक अफ काठमाण्डू तथा लुम्बिनी बैंक एक आपसमा गाभिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार २०७३ असार २४ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति प्राप्त गरी ‘क’ वर्गको वित्तीय संस्थाको हैसियतले बैंकिङ कारोवार सञ्चालन गर्दै आएको छ ।

बैंकले ९९ शाखा, ८७ एटिएम र १० एक्सटेन्सन काउन्टरहरुका मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।




Comments are closed.