प्रभु क्यापिटलसहित ६ वटा मर्चेन्ट बैंकरलाई कोष व्यवस्थापकको अनुमति पत्र हस्तान्तरण

काठमाडौं । प्रभु क्यापिटल लि.सहित ६ वटा मर्चेन्ट बैकरले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको रूपमा काम गर्न अनुमति दर्ता प्रमाणपत्र पाएका छन् ।

पुँजी तथा वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको काम गर्न आइतबार प्रभु क्यापिटलसहित ६ वटा मर्चेन्ट बैकरलाई अनुमति पत्र हस्तातरण भएको हो ।

एसआईएफको कोष प्रबन्धकको लागि पाएको स्वीकृतिसंगैं प्रभु क्यापिटललाई नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटल जस्ता नवीन सेवाहरु प्रदान गर्ने बाटो खुलेको छ । नवीनतम ज्ञान, सीप/क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न स्वदेशी तथा वैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज भण्ड जस्ता उपकरणमार्फत् लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने क्यापिटलले जनाएको छ ।

footwear zone

यस्तो कोषमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पेन्सन कोष, अन्तर्राष्ट्रिय लगानीकर्ता तथा नेपाली तथा गैरआवासीय नेपालीलगायतले लगानी गर्न सक्नेछन् । जसबाट स्वदेशी श्रोत परिचालन भर्ई देशमा प्रत्यक्ष वैदेशिक लगानीलाई सहजीकरण र आकर्षित गरी समग्र पुँजी बजार विस्तार गर्न सहयोग पुग्ने छ भने, राष्ट्रको समग्र व्यापार क्षेत्रको लागि यो लाभदायक हुनेछ ।

बोर्डले आज प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल ईन्भेष्टमेण्ट क्यापिटल, एनआईसी एसिया क्यापिटलसहित ६ वटा क्यापिटललाई अनुमति पत्र हस्तान्तरण गरेको हो ।

यसअघि ग्लोबल इक्विटी फण्ड र अवसर इक्विटी फण्ड गरी नेपाल धितोपत्र बोर्डबाट हालसम्म जम्मा ८ वटा संस्थाहरुलाई विशिष्टीकृत लगानी कोषअन्र्तगत कोष व्यवस्थापकको रूपमा काम गर्न अनुमति दर्ता प्रमाणपत्र प्रदान गरिसकेको छ ।

You might also like

Comments are closed.