दमौली । थ्राइभ ब्रोकरेज हाउस प्रालि (स्टक ब्रोकर नं.१३)को शाखा कार्यालय तनहुँमा विस्तार भएको छ । विगत २६ वर्षदेखि घितोपत्र दोस्रो बजारमा सेवा दिदै आएको कम्पनीको शाखा कार्यालयको शुक्रबार व्यास नगरपालिका दमौलीमा उद्घाटन गरिएको हो । व्यास नागरपालिका प्रमुख बैकण्ठ न्यौपानेले शाखाको उद्घाटन गरेका हुन् ।
१३ वर्ष पहिले पोखरामा शाखा स्थापना गरेको कम्पनीले दमौलीमा दोस्रो शाखा स्थापना गरेको हो शाखा उद्घाटनसँगै धितोपत्र सेयर बजार सम्बन्धी लागानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम पनि सम्पन्न भएको कम्पनीका अध्यक्ष अनोजराज पौड्यालले जानकारी दिए ।
कार्यक्रममा लागानीकर्तालाई स्टक एक्स्चेन्च र कारोबार प्रणालीको वारेमा प्रशिक्षक विशाल अधिकारीले सहजीकरण गरेका थिए ।

कम्पनीले वैशाख १८ गते पोखरामा घितोपत्र सेयर बजार सम्बन्ब्धी लागनीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको थियो ।




Comments are closed.