बुद्ध बिशाल बजारले ल्यायो छुट योजना, ३० प्रतिशतसम्म छुट पाइने 

पोखरा । नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्ध बिशाल बजारले ग्राहकलाई बिषेश छुट दिने भएको छ ।

बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामानबेच्ने उदेश्यका साथ सबै ग्राहकलाई हरेक सामान खरिदमा ३० प्रतिशतसम्म छुटको ब्यवस्था गरीएको बताए । खत्रीका अनुसारनेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको उपलक्ष्यमा ग्राहकहरूको सुविधाको लागि बुद्ध विशाल बजार शनिवार पनि खुला गरिएको बताए ।

“उपहार पहिले पहिले नगद ३० प्रतिशत सम्म छुट अहिले” भन्ने नाराका साथ वुद्ध विशाल बजारका हरेक पसलहरूमा यो छुटको ब्यवस्थामिलाइनुको साथै बुद्ध बिशाल बजार भित्र सामान खरिद गर्ने ग्राहकहरुलाई निःशुल्क पार्किङको व्यवस्था गरिएको बुद्ध बिशाल बजारब्यापारिक एशोसियसनका उपाध्यक्ष ईन्द्रराज अर्यालले बताए ।

footwear zone

विश्वभरी नै महामारीको रुपमा देखिएको कोरनाभाइरसको प्रकोपबाट सतर्क रहन आफ्ना सदस्यलाई उच्च सर्तकता अपनाउन आग्रह गर्दै कोरोनाभाइरसको महामारीप्रति सचेत हुँदै बुद्ध बिशाल बजार व्यापारिक एशोसियसनले विशाल बजारमा प्रवेश गर्ने हरेक ग्राहकलाईअनिवार्य माक्स लगाएर मात्र प्रवेश गर्न दिएको र सम्पूर्ण व्यवसायीहरुले कोरनाभाइरसको प्रकोपबाट सतर्क रहदै सामाजिक दुरीकोसाथ पसल संचालन गरिएकोले ग्राहकहरूलाई ढुक्क भएर सपिङ गर्न बुद्ध बिशाल बजार ब्यापारिक एशोसियसनका महासचिव बुद्धी कुवंरले आग्रह गरेका छन् ।

You might also like

Comments are closed.