पोखरा । बुद्ध विशाल बजार ब्यापारिक एशोसियसन पोखराको २३औँ साधारणसभा तथा १२औ अधिवेशनले पुनः केशवबहादुर खत्रीकोअध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
एशोसियसनको उपाध्यक्षमा ईन्द्रराज अर्याल महासचिवमा बुद्दी कुवँर सचिवमा राजु केसी कोषाध्यक्षमा थमनसिह गुरुङ चयन भएका छन् । सदस्यहरुमा लक्ष्मण आचार्य, शान्ति श्रेष्ठ जोशी, ज्ञानेन्द्रमा श्रेष्ठ, मनोहरि पौडेल, गोविन्द प्रसाद दाहाल, ईन्द्रमाया गुरुङ, प्रविणमहाजन, सुशिल श्रेष्ठ, पार्वती ढकाल बस्ताकोटी, गणेश पौडेल रहेका छन् ।
यस अघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले ब्यवसायीहरूलाईपोखरामा कोभिड विरूद्वको खोप ल्याउन पोखरा उद्योग वाणिज्य सघले विशेष पहल गरेकोले व्यवसायीले खोप पाउन सफल भएकोबताउदै बुद्ध विशाल बजार ब्यपारिक एशोसियसन पोखराको एक नमुना एशोसियसन रहेको बताए ।

कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशब वहादुर खत्रीले व्यवसायीको हकहितको लागीआफुले जस्तोसुकै मुल्य पनि चुकाउन तयार रहेको बताए । कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका मानार्थ सदस्यसुदीप ढकालले बिशाल बजारका व्यवसायी साथीहरूलाई आफ्नो तर्फवाट साथ र सयोग रहिरहने बताए । कार्यक्रममा बुद्ध विशालबजार ब्यापारिक एशोसियसनका सल्लाहकार माधव सिग्देल निर्वाचन अधिकृत तथा कानुनी सल्लाहकार जगनाथ ढकाल लगाएलेबोलेका थिए ।
कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका संयोजकतर्फ प्रेस संयोजक मनोहरि पौडेललाई उत्कृष्ट सयोजकको रूपमाविशेष सम्मान गरिएको थियो भने एशोसियसनका उपाध्यक्ष शिव शर्मालाई सस्थालाई विशेष योगदान गरेकोमा बिशेष सम्मान गरिएको थियो ।
पुराना व्यवसायीहरु तर्फ सरफराजदिन मिया, वेद प्रसाद ढकाल, सुनिल गोगजु, केशव वहादुर खत्रीलाई सम्मान गरीएको थियो । साथैएसईमा उत्कृष्ट अकं ल्याउने व्यवसायीका छोराछोरी तर्फ सम्पदा ढकाल र स्वरूप थापालाई समेत सम्मान गरीएको थियो ।
बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनमामहासचिव ईन्द्रराज अर्यालले कार्यक्रम सन्चालन गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य एशोसियसनका उपाध्यक्ष शिव शर्मालेगरेका थिए भने धन्यवाद ज्ञापन निर्वतमान अध्यक्ष प्रदिपकुमार मुल्मीले गरेका थिए ।




Comments are closed.