बैंकर डा. मल्ललद्वारा लिखित पुस्तक ‘सफलता सम्भव छ’ सार्वजनिक

काठमाडौं । बैंकर डा. बुद्धि मल्लद्वारा लिखित पुस्तक बिमोचन गरिएको छ । शिखा बुक्सले प्रकाशन गरेको सो पुस्तक शनिबार एक समारोहकाबीच बिमोचन गरिएको हो । पुस्तकमा उनले गहन विषय वस्तुलाई प्रस्तुत गरेका छन् । सकारात्मक सोचका साथ अगाडि बढेमा सफल भइन्छ भन्ने सन्देश पुस्तकले दिएको छ ।

पुस्तकमा पाठकहरुलाई सहज हिसाबले बुझ्ने गरि बिभिन्न उदाहरणका साथ जिन्दगी सुन्दर छ भन्ने सकरात्मक बिषयको साथै स्मार्टवर्क, जोखिम, टिमवर्क, संघर्ष, नैतिकता, आलोचना, ईष्र्या, धर्य, ब्यवहार, एस्म्यमान लगायत विभिन्न बिषयमा ४१ वटा लेखहरु समावेश गरिएको मल्लले बताए ।

बिमोचन कार्यक्रममा बोल्दै नेपाल व्यवस्थापन संघ तथा नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले आफूलाई कमजोर ठान्नेहरुका लागि आत्मविश्वास जगाउने र आफूमा भएका सम्भावनाको पहिचान गर्दै गम्भिरतापूर्वक अगाडि बढ्न पुस्तकले प्रेरणा दिने बताए ।

footwear zone

एनएमबी बैंकका सिइओ तथा नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीले जीवनमा केही गर्छु भनेर ऊर्जा लिएर अगाडि बढिरहेका मानिसलाई होसल्ला थप्ने र विभिन्न कारणले ऊर्जा गुमाउन पुगेका व्यक्तिलाई पुस्तकले हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।

मोटिभेसनल स्पिकर डा. मदन विष्ट र पत्रकार तथा लेखक रोहित भण्डारीले पुस्तकका वारेमा टिप्पणी गरेका थिए । मल्लले बैंकिङ, आर्थिक तथा समसायिक विषयमा विभिन्न लेखहरु प्रकाशन गर्दै आइरहेका छन् । उनको पुस्तक छिट्टै देशभरका पाठक माझ लोकप्रिय हुने विश्वास लिइएको छ ।

शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.