बेँशीसहर नगरपालिकाले दियो वडालाई सिधै सात करोड २५ लाख बजेट

लमजुङ । बेँशीसहर नगरपालिकाले आर्थिक वर्ष ०७९/८० का लागि वडालाई सिधै ७ करोड २५ लाख बजेट प्रदान गरेको छ। नगरपालिकाले वडास्तरीय योजना तथा कार्यक्रम तय गर्नका लागि ११ वटै वडालाई यो संख्याको बजेटको सीमा निर्धारण गरेको हो।

वडागत रूपमा सबैभन्दा बढी बजेट वडा नम्बर १० र ११ लाई छुट्टाइएको छ। वडा नम्बर १० र ११ वडालाई ७३ लाख १७ हजार बजेटको सीमा तोकिएको छ।

त्यस्तै वडा नम्बर ७ लाई ६७ लाख २९ हजार, वडा नम्बर ८ मा ६७ लाख २२ हजार, वडा नम्बर २ लाई ६६ लाख ३५ हजार, वडा नम्बर ३ लाई ६४ लाख ७० हजार, वडा नम्बर ५ लाई ६४ लाख ३७ हजार, वडा नम्बर ६ लाई ६३ लाख ५७ हजार, वडा नम्बर १ लाई ६३ लाख २५ हजार, वडा नम्बर ४ लाई ६१ लाख ६४ हजार र वडा नम्बर ९ लाई ६० लाख २७ हजार रूपैयाँ बजेटको सीमा निर्धारण गरिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए।

footwear zone

नगरपालिकाले वडास्तरीय तथा नगरस्तरीय योजना निर्माण गर्दा सम्पन्न हुन अधुरा योजनालाई प्राथमिकता दिने र योजना तथा कार्यक्रम प्राथमिकीकरण तथा छनौट गर्दा दलित समुदाय लाभान्वित हुने योजना तथा कार्यक्रमलाई विशेष ध्यान दिनुपर्ने निर्णय नगरपालिकाले गरेको छ।

त्यस्तै आर्थिक, सामाजिक विकास, भौतिक, वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकासका क्षेत्रलाई समेटी योजना छनौट गर्ने र वडा सञ्चालनका लागि ३ लाख भन्दाबढी बजेट नराख्नेलगायतका बैठकले निर्णय गरेको छ।

You might also like

Comments are closed.