मादी गाउँपालिकाको बजेट ६५ करोड ४८ लाख प्रस्तुत

कास्की । कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु ६५ करोड ४८ लाख ८० बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको ११औँ गाउँसभामा आज उपाध्यक्ष कल्पना गुरुङले सो बराबरको अनुमानित बजेट सभामा प्रस्तुत गरेको सभामा छलफलपछि सर्वसम्मत् पारित भएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ६२ करोड २२ लाख ४० हजार बराबरको बजेट पेश गरेकोमा आगामी आवमा बजेट वृद्धि गरिएको छ । चालु आवको तुलनामा पालिकाको बजेट पाँच दशमलव २५ प्रतिशतले बढी हो । गाउँपालिकाको आवश्यकता, उपलब्ध स्रोतसाधन र जनअपेक्षा अनुरुप दिगो विकास तथा रोजगारीको अवसरमा जोड दिने उद्देश्यसहित बजेट कार्यक्रम ल्याइएको उपाध्यक्ष गुरुङले बताए।

कृषि र पशुपालनको क्षेत्रमा लगानी वृद्धि गरी कृषि उपजमा आत्मनिर्भर बनाइ रोजगारीका अवसरको सिर्जना गर्ने र युवा स्वरोजगार कोषको स्थापना गरी रोजगार वृद्धिलाई प्राथमिकतामा राखिएको छ ।

footwear zone

आगामी बजेटमा आर्थिक विकास तर्फ रु पाँच करोड ४२ लाख ४० हजार, सामाजिकमा रु ३२ करोड ८८ लाख ६० हजार, पूर्वाधार विकास तर्फ रु १४ करोड २५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ रु ८५ लाख ७० हजार र सुशासन तथा संस्थागत विकास तर्फ रु १२ करोड सात लाख १० हजार विनियोजन गरिएको उपाध्यक्ष गुरुङले बताए ।

कूल बजेटको स्रोतमा संघीय सकार वित्तीय समानिकरणबाट रु नौ करोड, ६२ लाख, संघीय सरकार सर्शत अनुदान रु २९ करोड ९२ लाख, संघीय सरकार विशेष अनुदान रु एक करोड, सरकार बाँडफाँट प्राप्त राजस्व रु १० करोड तीन लाख र संघीय सरकार बाँडफाँट भई प्राप्त हुने रोयल्टी रु एक करोड छ लाख ४० हजार रहेको छ ।

त्यसैगरी गण्डकी प्रदेश सरकार वित्तीय समानीकरण अनुदान रु एक करोड चार लाख ९५ हजार, प्रदेश सरकार राजस्व बाँडफाँट रु ८१ लाख २२ हजार, पिएलजीएसपि तथा अन्य सशर्त अनुदान चालु कार्यक्रम रु छ लाख, सडक बोर्ड अनुदान रु ५० लाख तथा आन्तरिक, आय रोयल्टी तथा अघिल्लो आर्थिक वर्षको समेत रु नौ करोड ४८ लाख ६४ हजार बजेटको स्रोत अनुमान गरिएको उपाध्यक्ष गुरुङले बताए ।

You might also like

Comments are closed.