नुवाकोटमा विकास बजेटको खर्च निराशाजनक

नुवाकोट। चालु आर्थिक वर्षको छ महिनाको अवधिमा नुवाकोटमा विकास (पुँजीगत) बजेटको खर्च निराशाजनक छ। प्रादेशिक १३, संघीय ३० र १२ स्थानीय तहको खर्च प्रगति लक्ष्यभन्दा कम पाइएको छ।

सरकारी कार्यालयको खर्च तथ्याङ्क राख्ने कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख भीमप्रकाश देवकोटका अनुसार सङ्घीय कार्यालयको खर्च करिब २६ प्रतिशत पुगे पनि प्रादेशिक कार्यालयको खर्च १३ प्रतिशत मात्रै रहेको छ। चालु आर्थिक वर्षको आधा समय पूरा हुँदा सङ्घ र प्रदेश अन्तर्गतका कार्यालयले खर्च सामथ्र्यको लक्ष्य निर्धारण ४० प्रतिशतभन्दा बढी राखेका थिए।

बागमती प्रदेशअन्तर्गत जिल्लाका १३ कार्यालयमार्फत पुँजीगततर्फ रु दुई अर्ब ८७ करोड प्राप्त भएको थियो। ती कार्यालयले पुस मसान्तसम्म १३ प्रतिशत अर्थात रु ३७ करोड ८० लाख मात्र खर्च गरेका छन् ।

footwear zone

सङ्घ मातहतका ३० कार्यालयको चालु आवमा पुँजीगत बजेट रु तीन अर्ब १७ करोड प्राप्त भएकामा पुस मसान्तसम्म २५.५५ प्रतिशत अर्थात रु ८१ करोड १५ लाख खर्च भएको प्रमुख देवकोटाले जानकारी दिए। जिल्लाका स्थानीय तहले बजेट विवरण सुत्रमा उल्लेख गरे पनि हिउँदे सभामार्फत विभाजन गर्ने र योजनागत रुपमा छुट्ट्याउन अधिकांशको अझै बाँकी छ।

सोही कारण खर्च प्रतिशत नदेखिए पनि भुक्तानीका लागि आएको सिफारिसको आधारमा खर्च सामथ्र्य १० प्रतिशत भन्दाकम देखिएको छ।

You might also like

Comments are closed.