युवा उद्यमशीलताका क्षेत्रमा अहिलेसम्मकै राम्रो बजेट, हाम्रो माग सुनुवाई भयोः गोयल

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च काठमाडौंका अध्यक्ष चिराग गोयलले युवा उद्यमशीलताका क्षेत्रमा अहिलेसम्मकै राम्रो र उत्कृष्ट बजेट आएको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि सोमबार प्रस्तुत गरेको बजेटले युवा उद्यमशीलता प्रवर्द्धन वर्ष घोषणा गर्दै सहुलियतपूर्ण कर्जा दिने नीति लिनु प्रशंसायोग्य रहेको बताए ।

‘बजेट वक्तव्य प्रस्तुत गर्दै युवा पुस्ताको उद्यमशीलता विकास, व्यवसाय सञ्चालनमा आकर्षण गर्न सीप, पुँजी र प्रविधिमा पहुँच वृद्धि गरिने घोषणा गरिएको छ,’ उनले भने, ‘सरकारले सूचना प्रविधि उद्योगमा वैदेशिक लगानीको न्यूनतम सीमा हटाएको छ । वैदेशिक लगानी भित्र्याउनका लागि यो कमद राम्रो छ ।’

अब कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने र सय रुपैयाँ अधिकृतमै कम्पनी खोल्न सकिने व्यवस्थालाई पनि बजेटको राम्रो पक्ष मान्न सकिने उनको भनाइ छ । ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको छ । गत वर्षको बजेटमा ७० अर्ब मात्र थियो,’ उनले भने ।

footwear zone

त्यसैगरी संकटमा परेका सिमेन्ट र डण्डी उद्योगीहरु फस्टाउने नीति सरकारले लिएको गोयल बताउँछन् । सिमेन्ट, रडको प्रयोगबाट ढलान सडक बनाइने नीति सरकारले लिएको छ ।

कृषि, पर्यटन र सम्पन्न हुने आयोजना सरकारको उच्च प्राथमिकतामा परेको बताउँदै गोयलले आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्युनीकरण गर्ने नीति राम्रो रहेको बताएका छन् । ‘विदेशी लगानीकर्ताहरूको समेत सहभागितामा पूर्वाधार फन्ड स्थापना गर्ने विषय पनि बजेटमा समेटिएको छ,’ उनले भने, ‘समग्रमा यो बजेट निकै राम्रो छ । अब कार्यान्वयनको पाटो विश्वसनीय हुन जरुरी छ ।’ मञ्चको माग सरकारले सुनुवाई गरेको पनि योगलले बताएका छन् ।

You might also like

Comments are closed.