नीति तथा कार्यक्रम : काठमाडौंको फुटपाथ विस्तार गरिने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना तयार गर्दै फुटपाथ विस्तार गर्ने भएको छ । आज संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले उपत्यकाको बाहिरी चक्रपथको निर्माणलाई अघि बढाउने बताइन् ।

शहरहरुमा फोहारमैलाको व्यवस्थिन गर्न स्थानीय तहसम्मको समन्वय गरिने सरकारको नीति छ । उपत्यकाका सडकलाई पैदलयात्री मैत्री बनाउन फुटपाथ विस्तार गरिने छ । यस्तै चक्रपथ बाहिर र अरनिको राजमार्ग क्षेत्रमा मेलम्ची खानेपानीको लागि पाइप विस्तार गरिने सरकारको योजना छ ।

त्यस्तै, सरकारले आगामी ५ वर्षभित्र पूर्व पश्चिम राजमार्गलाई ५ लेनको बनाउने लक्ष लिएको छ। सो सडकलाई एशियन हाइवेका रुपमा विकास गर्ने लक्ष्य लिइएको हो।

footwear zone

यस्तै काठमाडौं तराई द्रुतमार्गको निर्माण कार्य तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। आगामी वर्ष ८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य सरकारको छ ।

You might also like

Comments are closed.