काठमाडौं । ‘बिजी बि क्याफे’को काठमाडौं शाखा भदौ २९ शुक्रबारबाट सञ्चालनमा आउने भएको छ । पोखराको लेकसाइडस्थित सेन्टरपोइन्टमा सञ्चालित क्याफेले राजधानी काठमाडौंमा शाखा बिस्तार गरेको हो । शुक्रबार सफ्ट ओपनिङ गरेर ग्राण्ड ओपनिङ केही पछि गर्ने तयारी रहेको सञ्चालक योगेश भट्टराईले जानकारी दिए ।
पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न सफल बिजी बीले काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा पहिला शाखा सञ्चालनमा ल्याएको हो । पोखरामा करिब ३ दशक अगाडिबाट बिजी बी सुरु भएको थियो ।
बिजी ग्रुपका लगानीकर्ताहरुको संयुक्त लगानीमा काठमाडौंमा समेत शाखा विस्तार भएको हो ।

विशेष गरी बिजी बी क्याफे युवाहरुको रोजाईमा पर्ने गरेको छ । ‘काठमाडौंका सेवा ग्राहीले फरक खालको स्वाद बिजी बी क्याफेबाट लिन पाउनेछन्,’ सञ्चालक सुनिल भट्टराईले भने ।
करिब २ रोपनी क्षेत्रफलमा बिजी बी क्याफेको शाखा विस्तार गरिएको छ । करिब १० करोड लगानीमा सञ्चालनमा आउन लागेको बिजी बीमा काठमाडौं आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्ने लगानीकर्ताहरुको विश्वास छ ।
पोखरामा उपलब्ध सम्पूर्ण सेवा काठमाडौं शाखामा पनि उपलब्ध हुने अर्का सञ्चालक वसन्त महतले जानकारी दिए । म्युजिक, फुड र ड्रिङसका लागि बिजी बी प्रशिद्ध छ । ‘बिजी बी पोखराले धेरै सेवाग्राहीको विश्वास जित्न सफल छ । अब काठमाडौं शाखाले पनि ग्राहक तथा सेवाग्राहीको माया पाउनेमा हामी विश्वस्त छौं,’ उनले भने ।




Comments are closed.