व्यवसाय सञ्चालनसंगै रोजगारी दिँदै ब्याञ्जू दम्पती

पेमा लामा, बनेपा । बिपी राजगर्मसँगै जोडिएको वेलाको रामाइलोस्थानमा अग्र्यानिक फार्म सञ्चालन गरेका ब्याञ्जू दम्पती निकै मेहेनतका साथ रेष्टुरेण्ट पनि सञ्चालनको तयारीमा जुटिरहेका छन् । शान्त र रमणीय वातावरणमा रमाइलोसँग बसेर अग्र्यानिक खानाको स्वाद लिन चाहने लक्षित गरी सञ्चालनमा ल्याएको रेष्टुरेण्ट आकर्षक गन्तव्य बनाउने उनीहरूको सोच छ ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ का स्थायी बान्सिदा सुशील र अञ्जना दम्पतीले तीन वर्ष अगाडि ३० रोपनी जग्गा खरिद गरेर अग्र्यानिक खेती गर्नुका साथै रेष्टुरेण्ट सञ्चालन गर्न संरचना निर्माण गर्न थालेको डेढ वर्ष भयो । पाखो बारीभरि तरकारी खेती र विभिन्न जातका फलफूलका नर्सरीको टनेल रहेको सो ठाउँमा अहिले रेष्टुरेण्टका लागि संरचना निर्माण भइरहेको छ । चार वर्ष अगाडि धुलिखेलमा नै बुटिक होटल सञ्चालन गर्दै आएका उनीहरूले थप व्यवस्थापनका साथ नयाँ रेष्टुरेण्ट सुरु गरेका हुन् ।

जिल्ला सदरमुकाम धुलिखेलबाट १५ किलोमिटर पूर्व नमोबुद्ध नगरपालिका–२ वेलास्थित सञ्चालन गरेको ‘वेलाफार्म’मा आउने पाहुनालाई त्यही उत्पादन भएको खानेकुरा खुवाउने उद्देश्यका साथ सो फार्म सञ्चालन गरेको सञ्चालक ब्याञ्जू बताउँछन् । “हामीले यही उत्पादन गरेका वस्तुले पाहुनालाई स्वागत गर्ने गरी सञ्चालन गरेका कारण यहाँ आउनेहरुले बारीमा टिपेर खान पाउनेसमेतको व्यवस्था गर्नेछौँ”, सञ्चालक ब्याञ्जूले भने, “आवश्यक पर्ने सबै तरकारी यहीको बारीमा उत्पादन हुने अग्र्यानिक हुन्छ र जसले गर्दा फरक स्वादमा रम्न पाइन्छ ।”

footwear zone

पहिला झाडीले ढाकिएको भिरालो जमिनमा खनजोत गरेर उनले अग्र्यानिक तरकारी र विभिन्न थरिका फलफूलका नर्सरीसमेत उत्पादन गरिरहेको छ । रिसोर्ट सञ्चालनदेखि अग्र्यानिक तरकारी र फलफूल उत्पादनसँगै नर्सरी उत्पादन रहेको छ । यहाँ पुग्ने पाहुनाले जामुन, ओखर, एभोकाडो, आल्मण्ट, मेकाडिय नट, कागती, सुन्तला, मुन्तला र कोइरालोलगायतका फलफूलको स्वाद लिन पाउँछन् । सो व्यवसायसँगै उनले गड्यौला मल र बाख्रापालनसँगै मल उत्पादन गरी त्यही मल प्रयोग गरेको तरकारी खान पाउने मुख्य उद्देश्य रहेको सञ्चालक सुशीलले बताए । उनले भने, “म त्यसका लागि निरन्तर लागिरेहको छु, बाँकी नबुझेका विषयमा विज्ञ साथीसँग सोधेर थप व्यवस्थापनको काममा लागिरहेको छु ।” त्यसका लागि तयारीमा रहेको रिसोर्ट अहिले तत्कालका लागि चारवटा कोठा सञ्चालनमा ल्याइएको छ । विस्तारै थप गरेर २० कोठासम्म पु¥याउने लक्ष्य रहेको उनले बताए । कोरोना महामारीका बीचमा सुरु गरेको कामले विस्तारै गति लिइरहेको उनले बताए । अहिलेसम्म करिब रु एक करोड खर्च भइसकेको उनको भनाइ छ । “यो सबै तयार हुँदा अझै रु ५० लाख जति लाग्छ ।”

व्यवसाय सञ्चालनसंगै १५ जनालाई रोजगारी

जिल्ला सदरमुकामबाट नजिक र बिपी राजमार्गसँगै जोडिएको सो ठाउँबाट हिमालका दृश्य नियाल्न सकिने तथा स्वच्छ वातावरणमा बसेर अग्र्यानिक परिकार खान पाउने सुविधायुक्त स्थान खोज्ने क्रममा सो ठाउँ रोजेको बताउने सञ्चालक ब्याञ्जूले व्यवसाय सञ्चालनसँगै स्थानीय बासिन्दालाई रोजगारीसमेत दिएका छन् । अहिल सो स्थानका १५ जनाले रोजगारी पाएको उनले बताए । यसअघि काठमाडौँमा जुत्ता होलसेल पसल सञ्चालन गरेका उनले रेष्टुरेण्ट सञ्चालन गर्न थालेपछि अरुलाई समेत रोजगारी दिएका छन् । गाउँमै रेष्टुरेण्ट सञ्चालनका लागि संरचना निर्माण हुन थालेपछि पाँचखाल नगरपालिका–१० का रामशरण रायमाझीले विगत एक वर्षदेखि काम गरिरहेका छन् ।

उनीसँगै सोही ठाउँका अर्का विकास तिवारीले पनि काम गर्न थालेको डेढ महिना भयो । “यसअघि काठमाडौंको होटलमा काम गर्थेँ, कोरोनाले गर्दा गाउँमै आएर बसिरहेको थिएँ, अहिले घर नजिकै काम गरेर कमाउन पाउँदा निकै खुशी छु”, उनले भने । रासस

You might also like

Comments are closed.