साइमेक्स इंकले बढायो इलेक्ट्रिक गाडी बीवाइडीको मूल्य

काठमाडौं । विद्युतीय सवारीसाधन उत्पादनमा विश्वकै अग्रणी कम्पनी बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारीक वितरक साइमेक्स इंक प्रा.लि.ले गाडीको मूल्य बढाएको छ ।

कम्पनीले विगत दुई महिना अघि देखि नै गाडीको मूल्य समायोजन गर्नुपर्ने अवस्था आएको थियो । तर, बजारमा देखिएको समस्याको कारण मूल्य स्थिर राख्न प्रयास गरेको थियो । विशेषत नेपालमा डलरको मूल्यसँग चीनलगायत तेस्रो देशबाट आउने गाडीको मूल्य प्रभावित हुनेगर्छ ।

सुरुमा गाडीको मूल्य कायम गर्दा रहेको डलर मूल्य र अहिलेको अवस्थामा करिब ७ प्रतिशतको अन्तर (डलरको मूल्य महंगो) हुँदा गाडीको मूल्य बढाउनु परेको कम्पनीले जनाएको छ । अहिलेको अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राख्दै डलरका कारण उत्पन्न मूल्य वृद्धि धेरै हुने भएपनि बीवाइडी इ सिक्समा १ लाख ५० हजार रुपैयाँले मूल्य समायोजन गरी नयाँ मूल्य ५९ लाख रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

footwear zone

साथै, एमथ्री मल्टीपर्पोज भ्यानमा १ लाख २ हजार रुपैयाँले मूल्य समायोजन गरी ४५ लाख ५२ हजार रुपैयाँ बनाएको कम्पनीले जनाएको छ । मूल्यवृद्धिको विषयमा ग्राहकलाई पर्न गएको असरको विषयमा साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘हामीले सन् २०२१ मा नेपालमा बीवाइडी इ सिक्स सार्वजनिक गर्दा जुन मूल्य तोकेका थियौं, निरन्तर त्यसमै विक्री गरिरहेका थियौं । तर, पछिल्लो १५/१६ महिनामा डलरको एक्सचेन्ज रेटमा ब्यापक वृद्धि भएको कारण हामीले मूल्य बढाउनु परेको हो ।’ सीईओ श्रेष्ठका अनुसार यसअघि नै बुकिङ गरेर बसेका ग्राहकले भने पुरानै मूल्यमा गाडी पाउन सक्नेछन् ।

इ सिक्स र एमथ्रीको बारेमा
बीवाइडी इ सिक्सको नयाँ जेनेरेशन मोडल ग्राहकले निकै मन पराएका छन् । बीवाइडीको लेटेष्ट टेक्नोलोजीमा आधारित ब्लेड ब्याट्री यसको सबैभन्दा बलियो पक्ष हो ।

ब्लेड ब्याट्री सुरक्षाको हिसाबले अब्बल र लङ रेन्जको लागि उपयुक्त रहेको छ । इ सिक्समा कम्पनीले ७१.७ किलोवाट आवर क्षमताको ब्याट्री र ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । फुल चार्जमा यसको रेन्ज ५२२ किलोमिटर रहेको छ । साथै, ग्राहकले ७ किलोवाट क्षमताको एसी चार्जर पनि गाडीसँगै पाउने छन् ।

पूर्णत इलेक्ट्रीक प्लेटफर्ममा तयार भएको इ सिक्स आधुनिक सुरक्षा फिचर लोडेड कार हो भने यसमा ग्राहकले प्रसस्त स्पेश पाउन सक्नेछन् । एमथ्री ७ सिट क्षमताको गाडी हो । ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री उपलब्ध एम थ्री निकै आरमदायी भ्यान हो ।

एक पटकको फुल चार्जमा २७५ किलोमिटर रेन्ज प्रदान गर्ने एम थ्रीमा १०० किलोवाट आवरको मोटर दिइएको छ । यसमा पनि ७ किलोवाट क्षमताको एसी चार्जर ग्राहकले पाउने छन् ।

You might also like

Comments are closed.